/ अल्लाहले मेरो अनुयायीको हृदयमा उत्पन्न हुने कुराहरूलाई माफ गरिदिनुभएको छ, जबसम्म त्यसलाई कार्यन्वयन गर्दैनन् वा बोल्दैनन् ।...

अल्लाहले मेरो अनुयायीको हृदयमा उत्पन्न हुने कुराहरूलाई माफ गरिदिनुभएको छ, जबसम्म त्यसलाई कार्यन्वयन गर्दैनन् वा बोल्दैनन् ।...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले मेरो अनुयायीको हृदयमा उत्पन्न हुने कुराहरूलाई माफ गरिदिनुभएको छ, जबसम्म त्यसलाई कार्यन्वयन गर्दैनन् वा बोल्दैनन् ।"
मुत्तफकुन अलैहि

Explanation

यदी कुनै मुस्लिमको हृदयमा गलत कुरा उत्पन्न हुन्छ भने जबसम्म उसले त्यसलाई गर्दैन वा बोल्दैनन् तबसम्म मनमा उत्पन्न हुने खराब कुराप्रति जवाफदेही हुने छैन भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ । किनभने अल्लाहले अप्ठ्यारोलाई हटाएर आम माफी दिनु भएको छ र उहाँको अनुयायीको हृदयमा उत्पन्न हुने कुराहरू निश्चित र पक्का नहुन्जेल दण्ड दिइने छैन भनेर स्पष्ट पार्नुभएको छ; तर यदि उसको हृदयमा अहंकार, घमण्ड वा पाखण्ड बस्यो वा उसले आफ्नो इन्द्रेणीले गर्यो वा जिब्रोले बोल्यो भने त्यसप्रति ऊ जवाफदेही हुनेछ ।

Hadeeth benefits

  1. अल्लाहले हृदयमा उत्पन्न हुने गलत विचार र शंकास्पद कुराहरूलाई क्षमा दिनुभएको छ । त्यसैले मानिस कहिलेकाहीँ आफूसँग कानेखुसी गर्छ र आफ्नो दिमागमा कुराहरू खेलाउछ ।
  2. यदि कुनै व्यक्तिले तलाक (सम्बन्धविच्छेद) को बारेमा मनमा सोच्यो, तर उसले बोलेन वा लेखेन भने त्यसलाई तलाक (सम्बन्धविच्छेद) मानिने छैन ।
  3. हृदयमा उत्पन्न हुने कुरा जतिसुकै ठूलो भएपनि, जबसम्म निश्चित हुँदैन अथवा त्यसलाई कार्यन्वयन गर्दैन वा बोल्दैन तबसम्म जवाफदेही हुने छैन ।
  4. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुयायी को महत्व, हृदयमा उत्पन्न हुने कुराप्रति जवाफदेही हुनेछैन, हामी भन्दा अगाडिका राष्ट्रहरू भन्दा फरक ।